भ्रष्टाचार र अनियमितता विरुद्ध एमालेले ७ गते प्रदर्शन गर्ने

काठमाडौंः नेकपा एमालेका सबै जनसंगठननका केन्द्रीय पदाधिकारी र आयोगका अध्यक्षहरुको दोस्रो राष्ट्रिय भेला हुनेभएको छ ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा आज एमाले केन्द्रीय कार्यालयमा सबै जनसंगठनका पदाधिकारी र आयोग अध्यक्षहरुको दोस्रो राष्ट्रिय भेला बोलाइएको हो ।

यही मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि आज जनसंगठन समन्वय संयन्त्रको भेला बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे आह्वान गरिएको बैठकमा पार्टीका सबै २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।

मङ्सिर ७ गते युवा र विद्यार्थीहरूले विभिन्न पाँच वटा माग राखेर मङ्सिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम रहेको छ ।

मङ्सिर ७ गते काठमाडौँमा युवा संघ नेपाल र अनेरास्ववियुले भ्रष्टाचार र अनियमितताका विरुद्ध, सामाजिक सद्भाव भड्काउने र धार्मिक सहिष्णुता भत्काउने विरुद्ध, राज्यको अकर्मण्यता विरुद्ध, राज्य आतंक विरुद्ध र सामाजिक अराजकता विरुद्ध आन्दोलन गर्न लागेको छ ।

आजको बैठकमा पार्टीले मङ्सिर १४ गते देखि गर्न लागेको मध्य पहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसङ्गठनहरूको भूमिकाको विषयमा पनि छलफल गरी ठोश निर्णय लिनेछ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५