रेडक्रस मा.विमा हाजीरीजवाफ कार्यक्रम सम्पन्न

दैलेखः नारायण नगरपालिकाकाे रेडक्रस माध्यमिक विद्यालयमा विजया दशमी तथा शुभ दिपावली २०८० काे अवसरमा  शुभकामना आर्दान प्रदान तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

पञ्चदेवल यूवा क्लव, दैलेखकाे आयाेजना तथा बास नेपाल दैलेख शाखा र एभरेष्ट क्लव दैलेखको समन्वयमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको हाे ।

अल्फा पुस्तक पसल दैलेख , श्रेष्ठ अफ्सेट प्रेस र द प्रिन्ट हाउसको आर्थिक सहयाेगमा भएको कार्यक्रमकाे  अध्यक्षता पञ्चदेवल यूवा क्लव, दैलेखका सदस्य साेभा न्याैपानेको अध्यक्षतामा भएकाे थियाे कार्यक्रमकाे प्रमुख अतिथि  नारायण नगरपालिका वडा नं.-६ का वडा अध्यक्ष जनक  न्याैपाने रहेको बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार हाजिरीजवाफ कार्यक्रममा प्रथम सन्दिप न्यौपानेको समुह, द्धितिय सिता नेपालीकाे समुह र तृतिय कविता साहीकाे समुह भएका छन् ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि जनक न्याैपानेले विद्यालयमा यस प्रकारका कार्यक्रम गर्दै जान यूवा क्लवलाई आग्रह गरेका छन् । विद्यालयमा गरिने यस्ता कार्यक्रमले विद्यार्थीहरुमा ज्ञान संगै हाैसला प्रदान हुने हुदाँ यस्ता कार्यक्रम विद्यालयले पनि गर्नुपर्ने बताए ।

कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष शाेभा न्यौपानेले कार्यक्रमका उपस्थित सबैलाइ धन्यवाद दिइन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५