धानबालीमा फैलिएको रोग किरा नियन्त्रण गर्न विषादी वितरण 

दैलेख: जिल्लाको दुल्लु नगरपालिका वडा नं. ११ का किसानको धानबालिमा रोग किराको प्रकोप भएपछि  रोग किरालाई नियन्त्रण तथा व्यवस्थापन गर्न विषादी वितरण गरिएको छ ।

बर्सातको समयमा लगायको अधिकांश किसानको धानबालिमा रोग किराले क्षति पुर्यायपछि त्यहाँका १०० किसानलाई किटनाशक विषादी वितरण गरिएको हो ।

मंगलबार कृषि विकास कार्यालय दैलेखको आर्थिक सहयोग तथा दुल्लु नगरपालिकाको सहकार्य,समन्वय र सिप्रेड नेपालको प्राविधिक सहयोगमा किसानलाई किटनाशक विषादी बितरण गरिएको दुल्लु शाखाका कृषि प्राविधिक राजन विष्टले जानकारी दिए ।

दुल्लु नगरपालिका वडा नं.११ का वडा अध्यक्ष सुरेन्द्रजंग भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डे  प्रमुख अतिथि  थिए ।  विशेष  अतिथिकाे रूपमा सिप्रेड नेपालका चक्र राइ थिए , बिभिन्न नागरिकहरूकाे सहभागितामा दुल्लु नगरपालिका वडा नं. ११ का १०० जना कृषकलाई किटनाशक र रोगनाशक विषादी वितरण गरिएको छ । किसानलाई राइस हिस्पा,टर्माइट रोगमा ब्लाष्ट ब्याक्टेरियल लिफ व्लाइटले नाेक्सानी पुर्याएकाे थियाे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५