सुर्खेतमा एमालेको वडा र पालिका अधिवेशन तोकिएको समयमा नहुने

सुर्खेत ः सुर्खेतमा नेकपा एमालेको वडा अधिवेशन र पालिका अधिवेशन तोकिएको समयमा नहुने भएको छ। एमाले सुर्खेतले प्राविधिक कारण अधिवेशन गर्न नसकेकाले कार्तिक ९ गते वडा र १५ गते पालिकाको अधिवेशन सारिएको बताएको छ ।
पार्टीले वडा अधिवेशनको लागि कार्तिक ६ र पालिका अधिवेशनको लागि ९ गते समय तोकेको थियो । एमाले जिल्ला अध्यक्ष धुब्रकुमार शाहीका अनुसार जिल्ला कमिटीको बैठक ६ गते बसेर थप निर्णय गरिनेछ ।
यस्तै अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधि तोकिनेछ । पालिका अधिवेशन सम्पन्न गर्न पनि जिल्ला कमिटीले प्रतिनिधि तोकि पठाउने शाहीले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५