दैलेखमा ५० हजार चन्दा माग्ने दुई जना पक्राउ

दैलेखः  दुल्लुमा चन्दा उठाईरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । नेपाल कम्युनिष्ट (माओवादी) पार्टीको नाममा चन्दा उठाउने उनिहरूलाई ईलाका प्रहरीले पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा दुल्लु नगरपालिका वडा नम्बर १३ का १९ वर्षका समीर शाही र २८ वर्षका चन्द्र बहादुर शाही रहेका छन् ।

उनिहरुले मंगलबार पार्टीलाई आर्थिक सहयोग भन्दै दुल्लु नगरपालिकाका नगर प्रमुख भरत रिजाललाई  ५० हजार आर्थिक सहयोग गरीदिनु भन्ने रसिद र पत्र दल्लु नगरपालिकाको कार्यालयमा बुझाएका थिए ।

नगरप्रमुख रिजालले साे विषयमा ईलाका प्रहरी कार्यालय दुल्लुलाई चन्दा असुलीको रसिद पत्र आएको जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा गएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेकाे  जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याएर जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत दैलेखबाट चन्दा ऐन २०३० सम्बन्धि मुद्दामा मुद्दा दर्ता गरिएकाे छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५