एसइईको उत्तरपुस्तिका परीक्षण सकियो, नम्बर कम्प्युटरमा चढाइँदै

काठमाडौँ: एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिले एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतको काम भइरहेको छ।

उनले भने, ‘एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतका काम भइरहेको छ।’

नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागिनसकेको अध्यक्ष शर्माको भनाइ छ।

उनी भन्छन्,’नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन। पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही दिनमा निर्णय हुन्छ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५