दैलेखः कृषकको नजिकको साथी स्थानीय सरकार रहेको पाइएको छ । नेपाल सङ्घीयतामा गएपछि किसानका हरेक समस्या बुझ्न स्थानीय सरकार भएको पाइएको हो ।
नजिकको सरकार आयपछि सरकार सँगै विभिन्न शाखा, उप शाखा, फाँट खोलियो त्यस मध्यको एक हो ‘कृषि शाखा’ दुल्लु नगरपालिकाको कृषि शाखाले किसानका हरेक समस्याको समाधान गर्ने गरेको छ । कुनै किसानका समस्या कृषि शाखाबाट समाधान हुन नसके विभिन्न निकायहरूसँग सिफारिस गरेर समस्या समाधान तिर लागेको शाखाले वेला बखतमा किसानका बारीमै गएर समस्या सुन्ने गरेको हो ।
दैलेखको दुल्लु नगरपालिका कृषि शाखाको अनुगमनका क्रममा किसानको बारीमा देखिएको तरकारीले गरे के नहुँदो रहेछ भन्ने बनाइदिएको छ । १३ वटा वडा रहेको दुल्लु नगरपालिका भित्र हरेक वडामा कृषक छन् उनीहरूले केही न केही उत्पादन गर्छन् । पछिल्लो समय उनीहरूले उत्पादन गरेको बस्तु बिक्री नहुने समस्या छ ।
दुल्लुका कृषकको अवस्था बुझ्न गएका कृषि शाखाका प्राविधिक जिल्लाका सञ्चारकर्मीसँग किसानहरूले गुनासा राखेका छन् ‘हाम्रो बारीमा तरकारी उत्पादन हुन्छ । तर बिक्री हुदैन्’ किसानले कृषि पेसामा लाग्ने हौसला भने घटाएका छैनन् कृषि शाखाको पूर्ण सहयोग पाएका उनीहरूले अहिले विभिन्न किसिमका तरकारी लगाएका छन् । कुनै किसानले नर्सरी गरेर लाखौँका बोटबिरुवा बेच्छन् कतिपयले बिउ उत्पादन गरेर लाखौँ कमाएका छन् कयौँले फलफूल उत्पादन गर्ने गरेका छन् त कतिले तरकारी उत्पादनबाट मनग्य कमाएका छन् । पछिल्लो समय भारतीय तरकारीसँग स्थानीय कृषकहरूले प्रतिस्पर्धा गर्न नसक्दा किसान चिन्तित छन् ।
दुल्लु नगरपालिका वडा नम्बर ८ स्थित शोनु नर्सरी फर्मका सञ्चालक राम बहादुर सिंहले आफूसँग ५० हजार भन्दा बढी सुन्तला जातका बिरुवा भएको बताउँदै बिरुवा बिक्री नभएको चिन्ता व्यक्त गरे । उनले भने नर्सरीभरि बिरुवा छन् । किनिदिने कोही छैनन् । कृषि शाखाले प्राविधिक सहयोग गरेको छ । अन्य ठाउँबाट कुनै सहयोग पाएको छैन ।
त्यस्तै दुल्लु नगरपालिका वडा नंं.४ का किसान नगेन्द्र खड्का च्याउ उत्पादनबाट वार्षिक १० लाख रुपैयाँको आम्दानी गरेका छन् उनी गाउँका हरेक किसानले सिताके च्याउ लगाउने हो भने विदेश जानु नपर्ने बत्ताउँछन्र । आफुले च्याउ लगाएको एक बर्ष सम्म भने च्याउ उत्पादन नहुने हो की भन्ने चिन्ता भए पनि एक बर्ष पछि च्याउले उत्पादन दिन थालेपछि आफू खुसी भएको बताएका छन् । खड्का अहिले च्याउ उत्पादनको लागि सहजीकरण गर्न जिल्ला भित्र मात्रै हैन जिल्ला बाहिर पनि जाने गरेको सुनाउँछन् ।
किसानका समस्या बुझ्न किसानका बारीमा पुगेका दुल्लु नगरपालिका आर्थिक संयोजक तथा वडा नं. ६ का वडा अध्यक्षले ठाउँ अनुसार किसानका समस्या फरक रहेको बताए । दुल्लु नगरपालिका भित्र १३ वटा वडा रहेको र प्रत्येक वडामा कुनै न बस्तुको उत्पादन हुने भएकोले अबका बर्सहरूमा त्यही अनुसारको बजेट बनाउने पहल गरिने छ उनले भने । अब दुल्लुका किसानले उत्पादन गरेको कुनै पनि बस्तु खेर जाने छैन । किसानले गरेका हरेक गतिविधिको निगरानी नगरबाट गर्ने, किसानलाई कस्तो प्रविधि आवश्यक पर्छ त्यसको व्यवस्था गर्ने, हरेक किसानलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

आफू नगरपालिकामा आएपछि किसानहरूका समस्या नजिकबाट निहालेको दुल्लु नगरपालिकाका कृषि शाखाका प्राविधिक राजन विष्टले बताए । उनका अनुसार दुल्लुमा ९३ वटा कृषि समुह छन्, ७२ वटा सहकारी १८६ वटा कृषि फर्म, दुल्लु नगरका आठ वटा वडामा आलु पकेट क्षेत्र छन् यसलाई सबै वडामा विस्तार गरिने लक्ष्य कृषि शाखाले लिएको छ । पालिका भित्रका ५४ वटा समूह सहकारी फर्म र कृषकलाई २१ क्यिन्टर बिउ वितरण गरिएको छ । ८ वटा वडालाई सुन्तला पकेट क्षेत्र, वडा नं. १३ को खातिगौडा, सिमतोली दुल्लु वडा नम्बर ६ को खर्चेगैरा छिपछिपे टोलमा तरकारी बीउ उत्पादन हुँदै आएको छ । किसानको उत्पादनलाई हेरेर पोलिहाउस, हाते ट्याक्टर, लगायतका सामाग्री दिएको छ । सिचाइको लागि पोखरी, पाइपको व्यवस्थापन गरिएको छ । दुल्लुमा एक वडा एक पकेट क्षेत्र हुने गरी काम गरिएको दुल्लु नगरपालिका कृषि शाखाले जानकारी दिएको छ ।




खुल्ला प्रेस । १ बैशाख २०८०, शुक्रबार ११:३०