नारायणका एक सय पाँच आमा प्रोत्साहित

दैलेखः नारायणका एक सय पाँच आमाहरु प्रोत्साहित भएका छन् । नारायण नगरपालिले कुपोषणको अवस्था शून्यमा ल्याउन असल आमालाई प्रोत्साहन गरेको हो । असल आमा प्रोत्साहनमा तोकेको मापदण्ड पुरा गरेका एक सय ५ जना असल आमालाई प्रोत्साहन गर्न लागेको नगरपालिकाले जनाएको छ ।
असल आमा हुन २० वर्ष उमेर पुगी विवाह गरेको हुनुपर्ने, चार पटक गर्भ जाँच गरेको हुनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनु पर्ने, बच्चालाई पूर्ण खोप लगाएको हुनु पर्ने र दुई सन्तान मात्र भएको हुनुपर्ने मापदण्ड तय गरिएको नारायणका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले बताए । उनले भने नगरपालिकाका ११ वटा वडा मध्ये नौ वडाका ८४ जनालाई शुक्रवार सम्मान गरिएको छ । वडा नम्मर १० र ११ वडाका २१ असल आमाहरुलाई वडामै पुगेर प्रोत्साहन गरिने उनको भनाई छ ।
नगर प्रमुख लोमन शर्माले नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा, बच्चालाई पोषण युक्त खाद्य बस्तु खुवाउने, आमा र शिशुको मृत्युदरमा कमी ल्याउन, महिला र बालबालिका मैत्री सेवा विस्तार गरी नागरिकलाई निरोगी र स्वावलम्बी बनाउन असल आमा प्रोत्साहन कार्यक्रम संचालन गरिएको बताए । उनले आगामी आर्थिक वर्षमा समेत जनता संग प्रत्यक्ष जोडिने कार्यक्रम निरन्तर गरिराख्ने प्रतिबद्धता ब्यक्त गरे ।


नारायण नगरपालिकाका –६ का वडाध्यक्ष एवम प्रवत्ता जनक प्रसाद न्यौपानेले समृद्ध नगर निर्माण गर्न असल आमा प्रोत्साहन, गर्भवती महिलासंग उपमेयर, जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण जस्ता कार्यक्रम संचालन गरिएको बताए । उनले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीको सिफारिसमा मापदण्ड पुगेका एक सय ५ जना असल आमाहरूलाई प्रोत्साहन बापत दुई हजार रुपियाँ र प्रमाण पत्र प्रदान गरिएको बताए ।
उनले भने बाल बिवाहलाई शुन्यमा झार्न, नगरमा जन्मने हरेक बच्चा स्वस्थ हुन भनेर पूर्व प्रसुती देखि १५ महिना सम्म स्वास्थ्यका प्रोटोकल पुरा गरेका आमाहरुलाई पे्रत्साहन गरेका छौ । यस्ता अभियानले बालबिवाह न्युनीकरण, पाठेघर खस्ने समस्यामा समेत कमी, स्वास्थ्यका मापदण्ड पुरा गरे सम्मानित भहिदो रहेछ भन्ने कुराको सन्देश, अब जन्मने बचाहरु स्वस्थ हुनेछन् भन्ने अपेक्षा गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५