पत्रकार केसीलाई धम्की

दैलेखः पत्रकार गोविन्द केसीलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएका छन्। केसीले फेसबुकमा ‘दैलेखमा जन्मेर दैलेखी भन्न लाज मान्ने वरिष्ठ सरको सुर्खेतबाट सरुवा भएछ’ भनेर लेखेका थिए।

उक्त स्टाटसमा सशस्त्र प्रहरीका डिआइजी खत्रीले अस्लिल शब्दहरु प्रयोग गरेर कमेन्ट गरेका छन्। पत्रकार केसीले सामाजिक सञ्जालमार्फत आफूलाई अस्लिल गालीगलौज गर्नुका साथै फेसबुक म्यासेन्जरमार्फत पनि धम्की दिएको बताए।

‘मैले कसैको नाम उल्लेख नगरेर स्टाटस लेखेको थिएँ,’ केसीले भने, ‘डिआइजी खत्रीले आफैलाई भनेको जस्तो गरेर अस्लिल शब्दसहित कमेन्ट गर्नुभयो, म्यासेन्जरमार्फत धम्की दिनुभयो।’

यसैबीच नेपाल पत्रकार महासंघ दैलेख शाखाले डिआइजी खत्रीले पत्रकार केसीलाई दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले डिआइजी खत्रीलाई कारवाहीको पनि माग गरेको छ। ‘आफ्नो पदीय मर्यादालाई ख्याल नगरी सामाजिक सञ्जालमार्फत अपमानजनक स्टाटस लेख्ने सशस्त्र प्रहरीका डिआइजी खत्रीलाई आवश्यक कानुनी कारवाहीका लागि सम्वन्धित निकायसँग माग गर्दछौं,’ अध्यक्ष यज्ञराज थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। पत्रकार केसी नागरिक दैनिकमा कर्णालीबाट काम गर्छन ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५