पेशागत महासंघ नेपालको गाउँपालिका अधिवेशन सम्पन्न

दैलेख: पेशागत महासंघ नेपालको प्रथम गाउँपालिका अधिवेशन सम्पन्न भएको छ ।

शुक्रवार राष्ट्रिय शिक्षक सङ्गठन भगवतीमाई गाउँपालिका समितिका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षता र पेशागत महासङ्घका जिल्ला अध्यक्ष कृष्ण आचार्यको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो । पेशागत महासङ्ग नेपाल भगवतीमाई गाउँपालिका दैलेखको आयोजनामा भएको अधिवेशनबाट १५ सदस्य समिति चयन गरिएको छ ।

‘समृद्ध नेपाल सुखी जीवन,गुणस्तरीय सेवा जिम्मेवार ट्रेड युनियन’ भन्ने नाराका साथ स्थापना भएको पेशागत महासंघ नेपालले भगवतीमाई गाउँपालिकामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा रामबहादुर थापा सहित १५ सदस्यीय समिति बनाएको छ ।

समितिको अध्यक्ष रामबहादुर थापा, उपाध्यक्षमा सर्जन गुरुङ र महालक्ष्मी अधिकारी, कोषाध्यक्षमा खड्काबहादुर विश्वकर्मा, सचिवमा खगेन्द्र प्रसाद अधिकारी, सह–सचिवमा गगन बहादुर सिंहलाई चयन गरिएको पेशागत महासंघ भगवतीमाई गाउँपालिकाका अध्यक्षले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५