भारत एसिया कपको सुपर चारमा

काठमाडौं : भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ। लगातार दोस्रो जित निकाल्दै भारतले सुपर चारको यात्रा तय गरेको हो। यसअघि समूह बी को अफगानिस्तानले लगातार दुई खेल जित्दै सुपर चारमा स्थान बनाइसकेको छ।

गएराति भएको खेलमा भारतले हङकङविरुद्ध ४० रनको जित निकालेको थियो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २६ बलमा अविजित ६८ रनको अर्धसतकीय पारी खेल्दा विराट कोहलीले ४४ रनमा ५९ रन बनाए। त्यस्तै केएल राहुलले ३६ र रोहित शर्माले २१ रन बनाए। हङकङका आयुश शुक्ला र मोहम्मद घाजनफरले एक–एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हङकङका लागि बाबर हायातले ४१, किन्चित शाहले ३० तथा जीशन अलीले अभिजित २६ रनको योगदान गरे। भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, रवीन्द्र जडेजा र अभेष खानले एक–एक विकेट लिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५