कर्णाली राजमार्गको सिस्नेमा बस दुर्घटना : ४ जनाको मृत्यु, ३४ घाइते

दैलेख ः कर्णाली राजमार्गको सिस्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य ३४ जना घाइते भएका छन् ।

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको म १ ख ६६० नम्बर बस कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिसकोट नगरपालिकाको सिस्नेमा दुर्घटना भएको हो । आठबिसकोट नगरपालिका दैलेखका पूर्वमेयर  खड्गराज उपाध्यायका अनुसार दुर्घटना भएको बसबाट घाइतेलाई निकाल्ने काम भइरहेको छ ।

रातको समय भएकोले उद्धारमा समस्या भएको उपाध्यायले बताए । ‘राकमबाट उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ ।’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारको कामलाई प्रभावकारी बनाउन सुरक्षा निकाय खटाएको बताए । दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दैलेख, दुल्लु, आठबिस र तल्लो डुंगेश्वरबाट उद्धारका लागि टोली पइठाएको बताए । थप विवरण अाउन बाँकी छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५