पत्रकारलाई सञ्चार सामग्रीमा अनुदान दिन्छौं : कानुन मन्त्री शाही

सुर्खेत ः कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले पत्रकारहरुलाई आवश्यक सञ्चार सामग्रीका लागि अनुदानको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा पत्रकारसँगको भेटघाटमा उनले सञ्चारका सामग्रीका लागि अनुदानको व्यवस्था गर्ने बताएका हुन् ।

शाहीले भने,‘ कर्णालीका पत्रकारलाई सञ्चार साधनमा निपूर्ण बनाउन आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गर्न पहल गर्छु । पत्रकारले कुनैपनि सञ्चारका सामग्री खरिद गर्दा हामी अनुदान दिन्छौं ।’ साथै कर्णालीका पत्रकारिता क्षेत्रको विकासका लागि आगामी बजेटमा आवश्यक बजेट, नीति तथा कार्यक्रम ल्याइने पनि उनले बताए ।

ले पत्रकार स्वास्थ्य वीमा कार्यक्रमको बजेट थप गर्ने पनि बताए । पत्रकारहरुले कर्णालीबाट करोडौंको विज्ञापन काठमाडौं जाने गरेको तर स्थानीय पत्रपत्रिकाले नपाउने गरेको गुनासो राखेका थिए । जवाफमा उनले भने,‘स्थानीय स्तरका पत्रिकाहरूलाई विज्ञापन दिने नीति ल्याउँछौँ । जसले गर्दा यहाँका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले समयमै पारिश्रमिक पाउँछन् ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५