खोलामा करेन्ट लगाउने ४ जना पक्राउ

दैलेख : दैलेखमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका बिभिन्न खोला तथा नदिहरुमा करेन्ट लगाई बिष्पोटक पदार्थ तथा बिषालु पदार्थको प्रयोग गरी माछा मार्ने ४ जनालाई प्रहरीले पक्राउ गलेको हो ।
जिल्लामा यस्ता प्रकारका गुनासो आईरहने हुँदा यसलाई प्रहरीले विषेश निगरानी राखेको छ । जिल्ला भित्र पर्ने खोलाहरुमा माछा मार्ने बहानामा बिषालु पदार्थ प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ ।
विहीबार नारायण नगरपालिका वडा नं.८ लोहोरे खोलामा बिद्युतिय धार(करेन्ट) बाट माछा मारी रहेको अबस्थामा प्रहरीको गस्ती टोलीले उनिहरुलाई पक्राउ गरी जलचर ऐन २०१७ बिपरित कार्यमा संलग्न रहेका नारायण नगरपालिका वडा नं. ८ का २६ कर्षीय रमेश रावल सोही ठाउँका २८ बर्षिय गणेश रावल, १८ बर्षिय कृष्ण बहादुर रावल र २८ बर्षका धर्मराज सिंहलाई नियन्त्रणमा लियको दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिए । उनका अनुसार १ थान ब्याट्री २ वटा जाल, इन्भटर लगायतका अन्य सामागीहरु पनि बरामत गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५