
कोरोनाका कारण बन्द भएका स्कुल असोजदेखि पुससम्म झन्डै चार महिला भौतिक रूपमै खुले । त्यतिखेर कक्षा ८ मा पढ्ने एक जना विद्यार्थी १० बजेको पहिलो घण्टी सुरु भएपछि कक्षामा पसे । ढिलो आउनुको कारण रातिभरि मोबाइलमा मस्त हुँदा कतिखेर निदाएछन्, उनलाई पत्तै भएन ।
जसका कारण बिहान साढे ९ बजे मात्रै उठ्न पुग्दा स्कुल आउन ढिलो भएको उनको भनाइ थियो । कक्षा ४ मा पढ्ने तरकारी पसलेकी छोरी स्कुलबाट फर्केपछि सिधै उनका बुबाको मोबाइलमा झम्टिइन् ।
स्कुलको ड्रेस फेर्नु, हातमुख धुनु, खाजा खानु, गृहकार्य गर्नु, एकछिन खेल्नु, यस्ता कार्य उनलाई केही पनि गर्नुथिएन । उनका बुबाको खल्तीबाट जबरजस्ती मोबाइल तानेर चलाउन थालिन् । ग्राहकसँग व्यस्त भएका उनका बुबाले नाइँनास्ती गर्न सकेनन् । गत हप्ता कहिले बिहान त कहिले बेलुकी आकलझुकल बत्ती गइरहेको थियो ।
स्कुलमा दुई जना विद्यार्थी कुरा गर्दै थिए । आज राति बत्ती गयो भने त म कसरी सुत्ने होला ? उनलाई मोबाइलमा गेम नखेली निद्रै नपर्नेजस्तो देखिन्थे । अर्की एक जना छात्रा मोबाइल चलाउन दिएन भने तीन दिनसम्म पनि खाना खाँदिनन् रे । बाध्य भएर मोबाइल दिनैपर्ने अभिभावकाले सुनाए ।
मोबाइल गेममा फुटबल टुर्नामेन्ट चलेकाले दोस्रो त्रैमासिक परीक्षामा ध्यान दिन नसक्दा परीक्षा बिग्रिएको एक विद्यार्थीले सुनाए । अर्का एक जना आमासँग मात्रै बस्ने विद्यार्थीको पनि उही समस्या थियो । हातमा मोबाइल छ भने घरमा केही गर्दैन, ज्ञानी भएर बस्छ, यदि मोबाइल छैन भने पढ्ने पनि होइन, खाली झर्किने मात्रै गर्छ । उनका बुबा घरमा नहुँदा केही नराम्रो गरिहाल्यो भने उनकी आमा डराएजस्तै देखिन्थिन् ।
कोरोना भाइरसका कारण झन्डै डेढ वर्षजति विद्यार्थीहरूले घरबाटै मोबाइलको सहाराले पढ्नुप¥यो । जसका कारण अहिले कक्षा ६ देखिका धेरैजसो विद्यार्थीहरूसँग उनीहरूको व्यक्तिगत मोबाइल हुने गरेको छ ।
दिनभरि अनलाइन कक्षा लिनुपर्ने बाध्यताका कारण अभिभावकले आफ्ना नानीबाबुहरूका हातमा मोबाइल दिए । कतिपय अभिभावहरूकले आफूहरू काममा जानुपर्ने बाध्यताका कारण आफ्ना नानीबाबुलाई छुट्टै मोबाइल नै किनिदिए । धेरैजसो अभिभावकलाई अहिले त्यहीँ मोबाइल नै समस्याको जड भएको छ । दिनभरि आफ्ना नानीबाबुहरू स्कुलमा हुँदा हाइसन्चो गरेर बसिरहने अभिभावक उनीहरू घरफर्के पछि पिरोलिने गरेका छन् ।
बेलुकी गृहकार्य गर्ने, बिहान उठेर पढ्ने बानी छुटेको छ । घरबाहिर, घरभित्रै भाइबहिनीहरूसँग खेलिने खेलहरू खेल्न बिर्सिसकेका छन् ।
मोबाइलमा व्यस्त भएकै कारण आफ्ना स–साना कामका लागि समेत अरूलाई गुहार्नु परिरहेको छ । लामो समयसम्म एकै ठाउँमा बसेर टाउको झुकाइ, आँखा नझिम्काएर खेलिने यस्ता मोबाइल गेमहरूले बालबालिका, किशोरकिशोरीमा शारीरिक तथा मानसिक रूपमा नकारात्मक असर परिरहेको छ ।
कतिपय विद्यार्थी गृहकार्य गरिरहेको बहाना बनाई ढोका थुनेर बस्ने गरेको अभिभावक सुनाउने गर्छन् । विद्यार्थी’bout छलफल गर्न स्कुल आउने गरेका अभिभावकका गुनासा जहिले पनि आफ्ना नानीबाबुहरूले धेरै मोबाइल चलाउने गरेको मात्र हुन्छन् ।
प्रयोगात्मकभन्दा पनि सैद्धान्तिक गन्थनले भरिएका छन् हाम्रो शैक्षिक प्रणाली र पाठ्यपुस्तक
अभिभावकहरू मात्र होइन शिक्षक पनि विद्यार्थीहरूको पढ्ने रुचि खस्किएको देख्दा चिन्तामा परेका छन् । विद्यार्थीहरूले कक्षाकार्य गर्न अल्छी गर्ने, लेख्न नमान्ने, गृहकार्य गरेर नआउने समस्याले शिक्षकहरूलाई समेत समस्यामा पारेको छ । कक्षा ६ मा पढ्ने एउटा विद्यार्थीले नेपालीको
परियोजनाकार्यलाई हिन्दीमा लेखेर ल्याएको देख्दा विद्यार्थीहरूमा मोबाइलको गहिरो लत लागेको देखिन्छ । अनलाइन पढ्ने समयदेखि नै लेख्ने अभ्यास कम भएकाले कतिपयको हस्तलेखन समेत बिगिँ्रदै गएको देखिन्छ । वैशाख वा जेठदेखि नै अनलाइन कक्षा सुरु गरेका धेरैजसो निजी विद्यालयहरूले विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षा घरबाट अनलाइन नै लिए ।
विद्यार्थीहरूको प्रश्नपत्र गुगलले उपलब्ध गराएको नमुनामा बनाउँदा विद्यार्थीहरूले प्रश्नपत्र खोलेर हल गर्न खोज्दा उनीहरूको भिडियो नै नदेखिने हुन्थ्यो । यसको फाइदा उठाउँदै विद्यार्थीहरूले अनलाइन परीक्षामा समेत कापी, किताबबाट चोरेरै लेख्न सिके ।
कतिपयले त इन्टरनेटबाट डाउनलोड गर्दै हुबहु कपीपेस्टसमेत गरे । अनलाइन कक्षामा शिक्षकले जति बोलाउँदा पनि नबोल्ने जुनसुकै विद्यार्थीहरूले समेत राम्रो अंकसहित उत्तीर्ण भए अनलाइन परीक्षामा । कतिपय विद्यार्थीहरूलाई निजी विद्यालयहरूले कक्षामा प्रथम भएपश्चात् वर्षभरिको छात्रवृति उपलब्ध गराउँछन् । अनलाइनमार्फत लिइने यस्ता परीक्षाहरूले राम्रो पढ्ने, परिश्रमी विद्यार्थीलाई मात्रै समस्यामा पारेन अन्य मध्यमखालका विद्यार्थीहरूलाई समेत मिहिनेती हुनबाट वञ्चित गरायो ।
असोजको पहिलो हप्तादेखि स्कुल खुलेसँगै विद्यार्थीहरू भौतिक रूपमै स्कुल जान थाले । अहिले धेरैजसो विद्यालयहरूले दोस्रो त्रैमासिक परीक्षा लिइरहेका छन् । कतिपय स्कुलहरूले विद्यार्थीको परीक्षा लिई पनि सकेका छन् । तर, शिक्षक भने विद्यार्थीको कापी जाँच गर्दा उनीहरूको लेख्ने शैली, लेखेको मात्रा, हस्तलेखन आदि देख्दा अचम्मित हुने गरेका छन् । पहिला कक्षा ९÷१० मा पढ्ने विद्यार्थीहरू सामाजिक, नेपालीजस्ता विषयको प्रश्नपत्र हल गर्न समय नपुगेको, प्रश्न छुटेको भन्दै परीक्षा हलबाट रुँदै बाहिर निस्कने गर्थे ।
अहिले विद्यार्थीहरूलाई केही लेखन भन्दै जबरजस्ती नै गर्दै २ घण्टासम्म निस्कन नपाउने गरी परीक्षा हलमा राख्नुपरिरहेको छ । लामो समयसम्म घरमा बढी स्वतन्त्र र पढ्ने, लेख्ने बानी छुटेका कारण विद्यार्थीको पढाइमा ध्यान कमै जाने गरेको देखिएको छ । योसँगै जबसम्म विद्यार्थीहरूको परीक्षाफल प्रतिशतमा आउने गथ्र्यो, उनीहरूमा छुट्टै प्रतिस्पर्धा हुने गथ्र्यो । ८० प्रतिशत ल्याएर डिस्टिंसन त हान्नै पर्छ है भन्ने धेरैजसो विद्यार्थीहरूको धारणा हुने गथ्र्यो र त्यसैअनुसार मिहिनेत पनि गर्थे ।
हातमा मोबाइल भए ज्ञानी भएर बस्ने तर मोबाइल छैन भने नपढ्ने, झर्कने र फतफताउने गर्छन् बालबालिका
गे्रडिङ सिस्टम आएदेखि र विद्यार्थीहरूलाई फेल गर्नुहँुदैन भन्ने नीति आएदेखि विद्यार्थीहरू जसरी पनि पास भइहालिन्छ, कक्षा चढ्न पाइहालिन्छ भन्ने मनसाय बनाएर पढ्ने गरेको पाइन्छ । ४ जीपीए ल्याउन ९० अंक ल्याए पुग्ने भएपछि विद्यार्थीले ९५ अंक ल्याउन कोशिस नै गरेको देखिँदैन ।
८० अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीको जीपीए ३.६ हुने र ८९ अंक ल्याउने विद्यार्थीको पनि जीपीए ३.६ नै हुने भएकाले पनि विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावनामा कमी आएको देखिन्छ । यस्ता विभिन्न कारणहरूले गर्दा हालै सरकारका तर्फबाट सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० अंक ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्थासमेत गरेको छ ।
हुन त कोरोना भाइरसका कारण विश्वका करोडौं विद्यार्थीहरूले लामो समयसम्म स्कुल गएर वा घरमै बसेर भए पनि पढ्न पाएनन् । नेपालमा पनि निजी स्कुलहरूले अनलाइन कक्षा चलाए पनि सरकारी स्कुलका विद्यार्थीहरूले भने तल्लो कक्षामा पढेको समेत बिर्सने गरी लामो समयसम्म खेलेरै बिताए ।
ओमिक्रोन बढेसँगै फेरि स्कुल बन्द हुँदा पढाइ बिग्रिने डर सुरु भएको छ । अनलाइनबाट पढे पनि एकातिर विद्यार्थी, अर्कोतिर शिक्षक त्यति सजिलो र प्रभावकारी देखिँदैन । स्कुल बन्दका कारण लामो समयसम्म विद्यार्थीले अनलाइनबाटै वा नपढी बस्ने हो भने उनीहरूको पढाइको गुणस्तरमा धेरै प्रभाव पर्ने देखिन्छ । साथीहरूसँग बसेर शिक्षकसँग अन्तरक्रिया गर्दै पढ्दा विद्यार्थी बढी रमाइरहेका हुन्छन् ।
घरमा एक्लै एकोहोरो शिक्षकलाई सुन्न मन नलाग्ने विद्यार्थीहरूको भनाइ रहेको छ । कक्षाकार्य साथीहरूसँग बसेर, शिक्षकलाई सोध्दै गर्दा जति सजिलै बुझिन्छ, एक्लै घरमा बसेर गर्दा त्यति सजिलो नहुने उनीहरू बताउँछन् ।
हुन त हाम्रो शैक्षिक प्रणाली नै घोगन्ते शिक्षामा अडिएको छ । खासगरी निजी स्कुलहरूमा कक्षा १ देखि नै ६ वर्षको बालकलाई सातवटा किताब तथा त्यत्तिकै कापीको भारी बोकाइन्छ भने धेरैजसो सरकारी स्कुलहरूमा विद्यार्थीहरूले त्यो कक्षामा सिक्नुपर्ने कुराहरू सिके नसिकेको वास्तै गरिन्न ।
प्रयोगात्मकभन्दा सैद्धान्तिक गन्थनले भरिएको छ हाम्रो शैक्षिक प्रणाली । हालै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजनाअन्तर्गत साढे ९ खर्बको योजना ल्याएको छ ।
यसरी ल्याइएका राष्ट्रपति सुधार कार्यक्रमजस्ता योजनाहरूले सल्यानको शारदा नगरपालिका पैयाखर्कमा रहेको स्कुलको दुई वर्ष अगाडि हावाले उडाएको तर अहहिलेसम्म पनि मर्मत हुन नसकेको छानामुनि चिसो भुइँमा बसेर भविष्यको उज्यालो सपना सजाउने कलिला विद्यार्थीहरूका सपना साकार गर्न सघाओस् । देशमा रहेका स्कुलहरूमा भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि गर्न सफल बनोस् । सरकारी स्कुल खाली गरेर निजी स्कुलमा पढ्न गएका विद्यार्थीहरूलाई आफूतिर तान्न सफल होस् ।





खुल्ला प्रेस । १८ माघ २०७८, मंगलवार ०८:१०