लागु औषध सहित दैलेखमा तीन जना पक्राउ

दैलेख : दैलेखमा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । लागु औषधको कारोबारो भईरहेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएकाे प्रहरी टाेलीले उनिहरूलाई पक्राउ गरेकाे हाे ।
प्रहरीले जिल्लाकाे नारायण नगरपालिका वडा नं. १ पुरानो बसपार्कबाट साेमवार राती साढे ११ बजे बर्दियाकाे साबिक बेलवा-७ हाल बासँगढी नगरपालिका वडा नं.२ बस्ने २६ बर्षिय बिक्रम मल्ल, बाँके कोहलपुर नगरपालिका वडा नं. १० हाईस्कुल चोक बस्ने २३ बर्षिय गणेश के.सी र २६ बर्षिय हेमन्त साँउदलाई नियन्त्रणमा लिएकाे थियाे ।
उनिहरुकाे साथबाट खैरो हेरोईन जस्तो देखीने धुलो ६९० एमजि लगाएत अन्य सामानहरू फेला परेकाे दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धानको लागी १० दिन म्याद थपी हिरासतमा राखेर अनुसन्धान थालेकाे डीएसपी शाहले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५