चाडपर्वमा गाउँमा देखीन छाडे लिङ्गे पिङ्ग

सुर्खेत । केही वर्ष अघि सम्म दशैँ सुरु हुन साथ जाजरकोटका गाउँघरमा युवाहरु पिङ हाल्न व्यस्त हुन्थे । गाउँभरीका युवा युवती भेला भएर जंगलमा गई बाँबियो ल्याएर लामा लामा डोरी बाटेर सबै गाउँका युवा जम्मा हुने र रमाईलो गर्ने ठाउँमा पिङ्ग लाग्ने गरिन्थ्यो ।
तर आजभोलि गाँउघरमा पिङ्गहरु देखिन छोडेका छन ।

गाउँघरमा दसैंमा एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यता रहेको छ  । पहिले पहिले बारेकोट गाउँपालिकाको बिभिन्न ठाउँमा पिङ्ग हालेर रमाइलो गर्ने ठाँउ आजभोली सुनसान भएका छ ।
पहिले पिङ्ग हालेर रमाईलो हुन्थ्यो आज भोली त्यो चलन हराएको छ । भन्छन बारेकोट गाउँपालिका ५ नायकवाडा बिर बहादुर सिंह, पर्वको समयमा मेला, उत्सव लाग्न छोडेपछि पिङ्ग लोप हुँदै गएको हो । ग्रामीण भेगका अधिकांश युवा विदेश भएकाले गाउँमा पिङ्ग हाल्ने जनशक्तिको समेत अभाव छ भने बाँस पनि पहिले जस्तो सहजै पाइँदैन ।
दशैँ तिहारलाई लक्षित गरेर लाग्ने ऐतिहासिक मेलालाई अहिले बढ्दो सहरीकरणका कारण लाग्न छाडेका छन । गाउँघरमा पर्व मनाउन फर्किए पनि मानिसहरू घरमै मोबाइल र टीभीमा व्यस्त हुने, साथी भाइ बीच भोज भतेर गरेर बिदा मनाउन थालेका छन  ।
बारेकाट २ का भीमबहादुर नेपाली पनि आजभोलि पिङहरु हराएको र युवाहरु पिङमा मच्चिने चलन हराउँदै गएकोले ‘अचेल सबै मोबाइल र इन्टरनेटमा झुम्न थाले,’ भीमबहादुरले भने, ‘मौलिकता हराउँदै गएको चाडपर्वमा पिङ्ग पनि लोप हुन थालेको  दर्शन खबरमा समाचार छ  ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५