कांग्रेसको महाधिवेशन : ६ वटा प्रदेशमा मनोनय दर्ता गरिँदै

काठमाडौं : नेपाली कांग्रेसको प्रदेश महाधिवेशन अन्तर्गत आज प्रदेशहरुमा मनोनय दर्ता हुँदैछ । प्रदेश महाधिवेशनको उद्घाटन भने बिहीबार भइसकेको छ । २०७५ सालमा संसोधित विधान अनुसार पहिलोपटक पार्टीको प्रदेश महाधिवेशन हुन लागेको हो । प्रदेश कार्यसमितिमा १ सभपातिसहित २ उपसभापति २ महामन्त्री र एक महिलासहित ३ महामन्त्री रहने पार्टीको विधानमा व्यवस्था छ ।

विधान अनुसार आज सातै प्रदेशमा विभिन्न पदका आकांक्षीहरुले उमेदवारी दर्ता गर्नेछन् । मतदान प्रकृया भने भोलि (शनिबार) हुनेछ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका समितिले ६ प्रदेशमा मतदाता नामावली पठाइसकेको छ । यता, प्रदेश २ मा भने आज मनोनय दर्ता हुने संभावना छैन । सचिव श्रेष्ठका अनुसार महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको नाम केन्द्रले पठाउन सकेको छैन ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५