काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी हित विपरीत कार्यमा संलग्न रहेको आरोपमा १५ जना सदस्यहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
पार्टीका अनुसार अनुशासन तथा संगठनात्मक मर्यादा उल्लंघन गरेको आधारमा सदस्यता खारेज गरिएको हो। यद्यपि, खारेज गरिएका सदस्यहरूको नाम सार्वजनिक गरिएको छैन।
सचिवालय बैठकले आन्तरिक अनुशासन सुदृढीकरण र संगठनात्मक शुद्धीकरणलाई प्राथमिकता दिँदै आगामी दिनमा थप निगरानी गर्ने संकेतसमेत दिएको छ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५


खुल्ला प्रेस । २८ बैशाख २०८३, सोमबार ०७:५७