शान्ति-सुरक्षा र मानव अधिकारबारे अन्तरक्रिया

दैलेख: देशको वर्तमान अवस्था, शान्ति–सुरक्षा र मानव अधिकारको अवस्थाबारे सोमबार दैलेखमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा दैलेखको आयोजनामा सोमबार जिल्ला सदरमुकाममा कार्यक्रम भएको हो।

कार्यक्रममा जिल्ला बार एशोसिएशनका पूर्व अध्यक्ष ललित थापा, वर्तमान अध्यक्ष प्रेमबहादुर थापा, महासंघका जिल्ला अध्यक्ष दिलकुमारी चन्द लगायत विभिन्न संघसंस्था, नागरिक समाजका अगुवा र सरोकारवालाहरूको उपस्थिति थियो। अन्तरक्रियामा हालैको जेन्जी आन्दोलनले विभिन्न स्थानमा पुर्याएको क्षति, त्यसले मुलुकमा पारेको प्रभाव र आगामी दिनमा पर्न सक्ने असरबारे सहभागीहरूले धारणा राखेका थिए।

 सहभागीहरूले आन्दोलनका मागप्रति संवेदनशील भएर सम्बोधन गर्नुपर्नेमा जोड दिँदै तर हिंसात्मक गतिविधिले देशलाई प्रतिगमनतर्फ लैजान सक्ने चेतावनी पनि दिए। सहभागीहरूको भनाइमा मुलुकमा शान्ति–सुरक्षा र मानव अधिकारको अवस्था चुनौतीपूर्ण बन्दै गएको र यसलाई सम्बोधन गर्न राज्य र नागरिक समाज दुवै जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको औंल्याइएको छ। कार्यक्रममा सरोकारवालाहरूले आन्दोलनका क्रममा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्ने साझा पहल गर्नुपर्नेमा जोड दिएका थिए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५