दैलेखमा १३ बर्षिया बालिका बलात्कृत

दैलेखः दैलेखमा १३ बर्षिया बालिका बलात्कृत भएकी छन् ।  बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी प्रहरीकाे नियन्त्रणमा छन् ।

बिहीबार राति तीजको नाँच हेरेर फर्किदै गरेका एकै उमेर समूहका तीन-चार जना बालिकालाई लक्षित गरी आराेपितहरुले लखेटे । लखेट्दा भेटाउन नसकेपछि पछाडिबाट ढ‍ुङ्गा हाने, ढ‍ुङ्गाले १३ वर्षीया ती बालिकाकाे दाहिने पाखुरामा चाेट लाग्याे उनी ढलिन् तर उनका साथीहरु भागेर जाेगिए ।

ढ‍ुङ्गाले चाेट लागेर ढलेकी ती बालिकालाई आराेपितद्वयले उठाएर एकान्तमा लिएर पालैपालाे बलात्कार गरेकाे बताइएकाे छ । उता भागेर जाेगिएका ती बालिकाका साथीहरुले तत्कालै घरमा दिएकाे सूचना अनुसार खाेज्न गएका अभिभावकहरु घटनास्थल नजिक पुगेकाे चाल पाएर आराेपितहरु भागेका र पीडित बालिकालाई बेहाेस् अवस्थामा उद्धार गरिएकाे थियाे ।

अभिभावकहरुले राति नै ती बेहाेस बालिकालाई बाेलेराे गाडीमा दैलेख अस्पतालमा पुर्‍याई उपचार थालिएकाे र शुक्रबार पीडित पक्षले याे विवरण खुलाई प्रहरीमा जाहेरी दिएकाे थियाे । जाहेरीको आधारमा आराेपित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

प्रहरीका अनुसार आरोपित दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५