पब्लिक स्पिच दैलेख ठाटीकाँध पालिका स्तरिय छनोटमा श्रृष्टी प्रथम

दैलेखः फाल्गुण ७ र ८ गते चामुण्डा विन्द्रासैनीमा हुने पब्लिक स्पिच दैलेखको पालिका स्तरिय छनोट कार्यक्रम अन्र्तगत सनिवार ठाटीकाँध गाउँपालिका स्तरिय छनोट कार्यक्रममा भवानी माध्यामिक विद्यालय बाहाँकोटकी श्रृष्टी शाही प्रथम भएकी छन् ।
ठाटीकाँध गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी बिच भएको पब्लिक स्पिच कार्यक्रममा श्रृष्टी शाहीले युवा स्वरोजगारका विषयमा आफ्नो बिचार व्यक्त गरेकी थिइन । भवानी माध्यामिक विद्यालय बाहाँकोटकी कै छात्रा कल्पना शाही द्धितीय भएकी छन् । उनले कला संस्कृतिको विषयमा बोलेकी थिइन् ।

कृष्ण माध्यामिक विद्यालय लकान्द्रकी अनुजा विष्ट तृतिय भएकी छन् उनले लैगिक हिंसा न्युनिकरणका विषयमा बोलेकी थिइन त्यस्तै भवानी माध्यामिक विद्यालय बाहाँकोटकी एलिसा शाहीले सान्त्वना स्थान प्राप्त गरेकी छन् उनले दिगो विकासमा युवाको भूमिका विषयमा बोलेकी थिइन । प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ५ हजार, ३ हजार २ हजार र १ हजार ५ सय नगद तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
ठाटीकाँध गाउँपालिका क्षेत्रका ४ वटा सामुदायिक विध्यालयका ११ जना छात्र, छात्राको सहभागिता रहेको कार्यक्रम जयविन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वी बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५