समयमै भवन निर्माण गर्ने निर्देशन

दैलेखः कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार विसीले डिभिजन वन कार्यालय दैलेखको नवनिर्मित भवन छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । एक कार्यक्रमकाबीच डिभिजन वन कार्यालय दैलेखको नवनिर्मित कार्यालय भवनको विहिवार शिलान्यास गर्दै मन्त्री विसीले यस्तो निर्देशन दिएका हुन् ।
भवनको शिलान्यास गर्दै मन्त्री विसीले निर्माणको गुणस्तरमा कुनै कसुर बाँकी नराखी छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिएका दिए । मन्त्रि विसीले भवन निर्माण कार्य तोकिएको समय भन्दा चाँडै निर्माण सम्पन्न हुनेमा आफु विस्वस्त रहेको भन्दै आफ्नो विश्वासलाई नटुटाउन निर्माण कम्पनीलाई आग्रह समेत गरे ।


भवन शिलान्यास कार्यक्रममा मन्त्री विसी सहित डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख धर्मराज उपाध्याय, कार्यालयका कर्मचारी, स्थानीय नागरिक, पत्रकार, राजनितिक दलका प्रतिनिधी लगाएतको उपस्थिति रहेको थियो ।
२ करोड ८३ लाख रकममा निर्माण हुन लागेको भवन १८ महिना भित्र निर्माण कार्य सम्पन्न गरिने आर.वि. कन्स्ट्रक्सन दैलेखका रुपक थापाले जानकारी दिए । थापाले १८ महिना भित्र भवन निर्माण कार्य सम्पन्न गरेर डिभिजन वन कार्यालय दैलेखलाई हस्तान्तरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले माननीय मन्त्री लगाएत आम सरोकारवालाहरुको विश्वासलाई टुट्न नदिने वताए ।
बन कार्यालयको भवन नहुदा सेवा प्रभाहमा समस्या भएको थियो अब भवन निर्माण पछि सेवा प्रभाहमा सहजता आउने डिविजन वन कार्यालय दैलेखले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५