दैलेखः दैलेखकाे भगवतीमाई गाउँपालिका वडा नं. १ भेरीखाेलामा एक जनाकाे लास फेला परेकाे छ । गाउँगाउँ घुम्दै सिलासित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँचौं दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा मृत फेला परेका छन् । स्थानीयले पनि कतै नदेखेको र मोवाइलमा सम्पर्क समेत सम्पर्क बिच्छेद भएपछि परिवारजनले खोजिरहेका थिए ।
बाजुराको कात्तिकेपानीबाट कैलालीको बडीबर्दगोरिया गाउँपालिका–४ छतिवन बसाई सरेका ३१ वर्षीय बीरबहादुर कामी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए ।
साउन २७ गतेदेखि त्यो गाउँमा जडिबुटी बेच्ने गरेको तेश्रो दिनपछि नदेखिएका र मोवाइलमा समेत सम्पर्क नभएपछि परिवारजनले खोजबिन मध्यपहाडी राजमार्गबाट एक किलोमीटर माथि भेरीखोला खोल्सामा टाढाबाट बगाई ल्याएको आधा जिऊ पानीमै रहेको अवस्था फेला परेको बताइएको छ ।
स्थानीय र मृतक आफन्तले सूचना दिएपछि दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण डाँगी समेतको टोली घटनास्थलमा पुगी घटनास्थल मुचुल्का र प्रारम्भिक अनुसन्धान थालिसकिएको प्रहरीको भनाई छ ।




खुल्ला प्रेस । २ भाद्र २०८०, शनिबार १२:०७