जाजरकोटमा बालिका बलात्कृत

वीरेन्द्रनगर : जाजरकोटमा एक जना बालिका बलात्कृत भएकी छन् । जिल्लाकै ३० वर्षीय दीपक रोकायाले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको घटना सार्वजिनक भएको हो । बालिकाका बुवा गोठालो गएको र आमा उपचारका लागि भारत रहेका बेला साउन ६ गते राति बालिकामाथि बलात्कार भएको बालिकाका आफन्तले बताएका छन् ।

बालिकाका दाइ नाता पर्नेका अनुसार घटना मिलापत्रका लागि बालिकाको परिवारलाई चौतर्फी दबाब आइरहेको छ । घटना भएको ३ दिनपछि प्रहरीले मुद्दा गर्दा गरे पनि घटनाबारे चासो नदेखाएको उनले गुनासो गरेका छन् । उनले भने, ‘सुरुमा घटना भएपछि बालिकाका बुवालाई बलात्कार गर्ने पुरुषको आमाले तिलहरी दिएर बिहे गर्ने आश्वासन दिइन् । बालिकाका बुवाले नमानेपछि ३ लाख जति पैसा लिएर पनि आएका थिए । घटना मिलाउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबै लागिपरेका छन् । ’

सँगै बालिकालाई ई–कोन (आकस्मिक गर्भनिरोधक चक्की) खुवाउनु भनेको भिडियो पनि सार्वजिक भएको छ । ‘बालिकाका बुवालाई जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर एक प्रहरीले डाक्टरले इकोन खुवाउनु भनेका छन्,’ भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले बालिका बलात्कारको जाहेरी आएपछि दर्ता भएर घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार २ जनालाई पक्राउ पुर्जी पनि जारी भएको छ । उनीहरु अहिलेसम्म पक्राउ भने परेका छैनन् । प्रहरी खटिएर खोजी गरिरहेको उनले बताए । प्रहरीले ई-कोन खानु भनेको बारे भने आफूलाई जानकारी नभएको डिएसपी रोकाले बताए । कान्तिपुरबाट 

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५