दैलेखः दैलेखमा पाँच दिने प्रस्तावना लेखन तालिम दिइएको छ । सिमान्तकृत तथा अल्पसंख्यक बादी समुदायको लागि क्षमता विकास कार्यक्रम अन्तर्गत प्रस्तावना लेखन तालिम संचालन गरिएको हो ।
सामाजिक विकास कार्यालय दैलेखको आयोजनामा र वादी समुदाय उत्थान विकास समिती कर्णाली प्रदेश दैलेखको समन्वयमा यो कार्यक्रम संचालन भएकोे सामाजिक विकास कार्यालय दैलेखले जानकारी दिएको छ ।
पाँच दिन सम्म चल्ने यो तालिममा दैलेखको भगवतीमाई, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका, आठविस नगरपालिका, दुल्लु नगरपालिका लगाएतका स्थानीय तहबाट १० जना सहमागी छन् । यस तालिमबाट वादी समुदायको संस्थागत विकास संगै विभिन्न दातृ निकाय संग कार्यक्रम माग/प्रस्ताव गर्न सक्ने कुरा तालिमका प्रशिक्षक तथा कर्णाली प्रदेश वादी समुदाय उत्थान विकास बोर्डका सचिव विनोद कुमार नेपालीले बताए ।
उक्त कार्यक्रम सामाजिक विकास कार्यालय दैलेखका प्रमुख नन्दकेशोर खनालले उद्घाटन गरेका थिए । तालिमा असार २६ गते मंगलबार सकिने छ ।




खुल्ला प्रेस । २६ असार २०८०, मंगलवार ०८:२८