निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार पाँच सय बढि लाभान्वित

दैलेखः भगवतीमाई गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ हजनर ५ सय भन्दा वढि विरामी लाभान्वित भएका छन् । गाउँपालिकाको केन्द्र रहेको बेस्तडा बजारमा भएको २ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २ हजार ५ सय ४२ जनाले सेवा लिएका हुन ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा फागुन १९र २० गते शिविर ज्वाला माध्यमिक विद्यालयमा सञ्चालन भएको भगवतीमाई गाउँपालिकाका सुचना अधिकारी प्रेम बहादुर खड्काले जानकारी दिए । उनले दिएको जानकारी अनुसार शिविर सञ्चालनमा मेडिकल कलेजका विभिन्न रोग विशेषज्ञ महिला तथा पुरुष डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि वितरण गरिएको छ ।
दुई दिनको शिविरमा जनरल मेडिसिन ५सय १६,स्त्री रोग ३ सय ७०, छाला रोग २ सय १८, नाक कान घाटी सम्बन्धी रोग २ सय २५, लल्टासाउण्ड ४ सय २३, मुटुरोग ५५, प्रयोगशाला जाँच २ सय २२ कानको सुनुवाई चाँच ४५ ढाड तथा नसारोग ४ सय गरि दुइ हजार पाँच सय ४२ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख टिकाराम विष्टले जनाए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५