वेस्तडामा वृहत निःशुल्क स्वास्थ्य शिविर गरिँदै

दैलेख: बेस्तडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । भगवतीमाई गाउँपालिकाको केन्द्र रहेको बेस्तडा बजारमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुन लागेको हो ।

भगवतीमाई गाउँपालिकाको आयोजनामा हुने शिविर फागुन १९र २० गते ज्वाला माध्यमिक विद्यालयमा सञ्चालन हुने भगवतीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाराम विष्टले जानकारी दिए । उनका अनुसार शिविरमा नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोग रहने छ । शिविर सञ्चालनमा मेडिकल कलेजका विभिन्न रोग विशेषज्ञ महिला तथा पुरुष डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि वितरण गरिने छ ।

दुई दिनको शिविरमा स्त्री रोग, जनरल मेडिसिन, छाला रोग, नाक कान घाटी सम्बन्धी रोग, रेडियोलोजी (भिडियो एक्स-रे), अडियाेमेट्री (बहिरोपन) प्रयोगशाला, इ.सी.जी लगाएतको रोगको परीक्षण गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

शिविरमा आएका जटिल खालका बिरामिलाई थप उपचार गर्नुपर्ने देखिएमा मेडिकल कलेजमा रिफर गरी विभिन्न छुट सुविधामा उपचार गर्ने व्यवस्था मिलाइएको नेपालगञ्ज मेडिकल कलेजले जानकारी दिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५