जीप दुर्घटनामा चार जनाको मृत्यु

दैलेखः जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । आइतबार विहाना रत्न राजमार्ग अन्र्तगत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –११ झुप्राखोला नजिक छिन्चुबाट वीरेन्द्रनगर आउँदै गरेको जिप दुर्घटना भएको हो ।
बाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्वरको सुजुकी कम्पनीको डवल क्याप हाईलेक्स जिप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाउनु परेको छ । दुर्घटनामा एक जना घाईते भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ७ बस्ने २७ बर्षका सागर शाही, डुगेश्वर गाउँपालिका ५ बस्ने ३३ वर्षका दिपेन्द्र जंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने ३१ वर्षका बबिन शाही र गुरासँ गाउँपालिका ३ बस्ने ३६ बर्षका राजेन्द्र विसीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मुत्यु भएको छ ।
भैरवी गाउँपालिका ५ बस्ने २६ वर्षका वीरेन्द्र राज शाहीको प्रदेश अस्पतालमा उपचार भईरहेको छ । उनको छाती र हातमा चोट लागेको छ । उपचारका क्रममा आईतवार विहान घाईते चार जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५