समाजबादीबाट भगवतीमाई गाउँपालिकाको उपाध्यक्षमा रमा रेग्मी सिफारीस

दैलेखः नेकपा एकिकृत समाजवादी पार्टिबाट भगवतीमाई गाउँपालिकाको उपाध्यक्षमा रमा रेग्मी सिफारीस भएकी छन् ।

अनेरास्ववियूकी केन्द्रिय कमिटी सचीब रमा रेग्मी गाउँपालिका उपाध्यक्षमा सिफारिस भएकी हुन । उनलाई नेकपा एकिकृत समाजवादीको गाउँपालिका कमिटीको बिस्तारि बैठकले उपाध्यक्षको उम्मेदबारको रुपमा अघि सारेको हो ।

दैलेख जिल्ला साबिकको मेहेल्तोली गाविसस्थित महादेव मा.वि. को इकाई कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेकी रेग्मी राजनीतिक वैचारिक अध्ययन एवं बहससँगै समाजिक सेवामा सक्रिय छन् ।

एमाले अखिलबाट राजनीति सुरु गरेकी उनी विभिन्न राजनीतिक उतारचढावका बिच अहिले नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रिय कमिटी सचिव छन् ।

सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय रेग्मी भगवतीमाई गाउँपालिकाका महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन्। यस अघिको निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो। अहिले सत्ता गठबन्धनका दलहरु उक्त नतिजा आफ्नो पक्षमा पार्ने रणनितिमा छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५