दैलेख ः अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्यमा नविन कुमार योगी चयन भएका छन् । उच्च माध्यामिक विद्यालय कमिटीको नेतृत्व, क्याम्पस कमिटी नेतृत्व, जिल्ला कमिटीको नेतृत्व गर्दै २०७२ मा भएको अनेरास्ववियुको २२ रास्ट्रिय महाधिवेशनबाट अनेरास्ववियुको केन्द्रिय अनुशासन आयोग सदस्य हुँदै केन्द्रिय कमिटीमा छिरेका योगि १५ बर्ष अनेरास्ववियुमा बिताइसकेका छन् ।
हालै अनेरास्ववियुको सम्पन्न पदाधिकारीको बैठकबाट केन्द्रिय स्थायी कमिटी सदस्यमा छानिएका हुन् । जुझारु एवम् हक्की स्वभाव, कुशल सङ्गठक ,बैचारिक, क्रियाशिल, प्रखर वक्ताका रुपमा समेत विद्यार्थीको माझमा स्थापित भएका योगी विद्यार्थी आन्दोलन कै क्रममा धेरै पटक गिरफ्तारीमा समेत परेका थिए ।
उनले आफ्नो गृहजिल्ला दैलेखमा समेत विभिन्न सामाजिक संघ सस्थाको कुशल नेतृत्व गर्दै नेकपा एमाले दैलेखको स्वच्छ छवि भएका र सुनौलो भबिस्य बोकेका युवा नेताका रुपमा चिनिन्छन ।
उनी अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्यमा छनोट भए संगै अब विद्यार्थीका हक हित अधिकार र शैक्षिक माफियाहरुका विरुद्धमा शसक्त आफु लाग्ने खुल्ला प्रेसलाई बताएका छन् ।




खुल्ला प्रेस । २५ आश्विन २०७८, सोमबार १४:१७