एमाले दैलेखको जिल्ला अधिवेशनमा जनबर्गिय संगठनलाई उपेक्षा, चुलियो असन्तुष्टि

फाइल फाेटाे

दैलेख : नेकपा एमाले दैलेखको सातौ जिल्ला अधिबेशनमा प्रतिनिधि छनोट गर्दा जनबर्गिय संगठन लाई पार्टी जिल्ला नेतृत्वले बेवास्ता गर्दा जन संगठनहरुले बिरोध जनाएका छ्न् । पार्टीको दसौ महाधिवेशनमा केन्द्रिय पार्टीले हरेक जन संगठन हरुलाइ पाच जना प्रतिनिधि बनाएको र पालिका अधिबेशनमा पार्टीले संख्या नै तोकेर प्रतिनिधिमा समावेश गरेको तर जिल्ला अधिबेशनमा जनबर्गिय संगठन लाई बेवास्ता गर्दा जनबर्गिय सगठनका नेता कार्यक्रताहरुले सामाजिक संन्जाल बाटै बिरोध जनाएका छन ।

युवा सघ नेपाल दैलेख का उपा-अध्यक्ष सरोज शर्मा ओलीले सामाजिक संजाल फेसबुक मार्फत असन्तुष्टि ब्यक्त गरेका छन् । उनले लेखे, ‘जिल्ला नेतृत्वले जनसंगठनहरु लाई प्रतिनिधि नदिनु खेदजनक छ । अधिवेशन र कार्यक्रमहरु गर्दा मात्रै स्वयंसेवक गर्न लाई युवा विद्यार्थी चाहिने पार्टी लाई, अनि पार्टीका फोरमहरुमा युवा विद्यार्थीहरु लाइ सहभागीता निषेध गर्नु पार्टी हित बिपरित छ ।’

उनले भनेका छन, ‘यस्ता खाले निर्णयले पार्टी प्रती युवाको आस्था बढ्ने होइन झन झन निरुत्साहित बनाउने काम गर्छ । जिल्ला नेतृत्वले छिटोभन्दा छिटो जनसंगठन लाई उचित निर्णय गरेर जिल्ला अधिवेशनमा सहभागी गराइदिन पार्टी नेतृत्वको ध्यानाकर्षण गराउदछु ।’ उनले यसरी असन्तुष्टि ब्यक्त गरेका छन् । यो निर्णय बारेमा यतिबेला सामाजिक संजालमा ब्यापक युवाहरुको बिरोध भैरहेको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५