लैङ्गिक हिंसा विरुद्ध भगवतीमाईमा लोकनृत्य प्रतियोगिता

दैलेख ः लैङ्गिक हिंसा विरुद्ध अभियानको उपलक्षमा भगवतीमाई गाउँपालिकामा लोकनृत्य प्रतियोगिता गरिएको छ ।
“घर बाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियान अन्तर्गत बुधबार भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडामा गाउपालिकको बडा÷समूह स्तरिय लोक नृत्य प्रतियोगिता सम्पन्ना भएको छ । गाउँपालिकाको आयोजना र ग्रामिण जलस्रोत व्ययवस्थापन परियोजना एकता फाउण्डेशन नेपाल, सुआहार कार्यक्रम, समुदायमा आधारित संस्था माहासँघको सह आयोजनामा भएको लोक नृत्य प्रतियोगिता कार्यक्रम हरियाली शान्ति युवा क्लव सँखोला प्रथम भएको छ ।
उनिहरुले प्रथम पुरस्कार स्वरुप आठ हजार रूपैया पाएका छन् द्वतिय सुर्यदय शान्ती युवा क्लब मेलिडाँडा पुरस्कार स्वरुप छ हजार रूपैया, तृतिय जागरण शान्ति युवाक्ला चिपिनतडा पुरस्कार स्वरुव चार हजार रूपैया, सान्तोवना जगनाथ महिला समूह मन्घर पुरस्कार स्वरुप एक हजार रूपैया प्राप्त गरेका छन् ।
हरियाली शान्ति युवा समुहले लैङ्गकि हिंसा बिरुद्वको सडक नाटक प्रदर्शन गरि खाजानास्ता बापत पाँच हजार रुपैया प्राप्त गरेका एकता फाउण्डेशन नेपाल सुर्खेत बालबालिका तथा युवा शसक्तिकरणा परियोजना कार्यक्रम अधिकृत जनकप्रसाद अधिकारीले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५