एमाले केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेद्‌वारी घोषणा

काठमाडौँ:  नेकपा (एमाले) नेता विष्णु रिजालले पार्टीको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्‌वारी घोषणा गरेका छन् । चितवनमा बन्दसत्र सुरु हुनुअघि उनले कर्णाली भुगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेद्‌वारीको घोषणा गरेका हुन् । एमालेको बन्दसत्र र मनोनयन दर्ता आज नै हुँदैछ । नेता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन् ।

एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्ययकाे संख्या थप्न गर्न राखेको प्रस्ताव  केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित भइसकेको छ ।

अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । एमालेले पोलिटब्यूरो ब्यूताएको छ । ९९ सदस्यीय पोलिटब्यूरो हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी यथावत्  छ । पदाधिकारी संख्या बढाएर १९ सदस्यीय पुर्‍याउने निर्णय भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५