एमसीसीविरुद्ध नेपाल मजदुर किसान पार्टीकाे प्रर्दशन

दैलेख : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्ध दैलेखमा प्रदर्शन भएको छ । शुक्रवार दैलेख जिल्ला सदरमुकाममा प्रर्दशन गरिएको हो । नेपाल मजदुर किसान पार्टी जिल्ला कार्य समिती दैलेखको आयोजनामा एमसीसी विरुद्ध प्रर्दशन भएको हो ।

पार्टीका नेता तथा कार्यकर्ताहरुले स्थानीय टुडिखेलदेखि गणेशचोकसम्म ¥याली निकालेका थिए । प्रर्दशनपछि स्थानीय देवकोटा चोकमा कोण सभा गरिएको थियो । देशघाती एमसीसी सम्झौता र पेट्रोलियम पदार्थको मुल्यबुद्धि विरुद्ध जुलुस तथा सभा आयोजना गरेको नेपाल मजदुर किसान पार्टी दैलेखले जनाएको छ ।

प्रर्दशनका क्रममा उनिहरुले नेपाल सरकार र अमेरिकाबीच भएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, पेट्रोलियम पदार्थको मुल्यबुद्धि फिर्ता लिनुपर्ने लगाएतका माग गरेका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५