स्वर्णबिन्दु प्राशनमा बढ्दो आकर्षण

दैलेखः बालबालिकाहरुलाई लक्षित आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रममा आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले प्रत्येक महिना बालबालिकालाई निःशुल्क स्वर्णबिन्दु प्राशन गराउँदै आएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, काठ्माण्डौ,कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णबिन्दु प्राशन कार्यक्रम राखिएको हो ।कार्यालयका प्रमुख डा. यादव प्रसाद उपाध्यायका अनुसार यस आर्थिक वर्षबाट सुरु गरिएको यो कार्यक्रममा पछिल्लो पटक एक हजार भन्दा बढि बालबालिका सहभागी हुँदै आएका छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्रले चौथो पटक कार्यक्रम सञ्चालन गरिसकेको छ । कार्यक्रम सुरुआत गर्दा पहिलोपटक आठ सय बालबालिकालाई प्राशन गराइएकामा चौथो पटक  बैशाख  १० गते आठ सय ५३ जना बालबालिकाललाई स्वर्णबिन्दु प्राशन गराइएको हो ।

स्वर्णबिन्दु प्राशन, जसलाई सुवर्ण प्राशन वा स्वर्ण प्राशन पनि भनिन्छ । यो एक परम्परागत आयुर्वेदिक औषधि हो । यसले बालबालिकाको समग्र स्वास्थ्य र प्रतिरक्षा (युमिनिटी) प्रणालीलाई सबल बनाउने डा. यादव प्रसाद उपाध्यायको भनाइ छ । उनका अनुसार “यसलाई स्वर्ण (सुनको) भस्मका साथमा ब्राह्मी घृत, मह मिलाएर खुवाइन्छ ।”

बालबालिकाको उमेरअनुसार दुईदेखि पाँच थोपा खुवाउन सकिने यो ब्राह्मी एउटा जडीबुटी रहेको र जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने गर्दछ । “यसले बालबालिकाको प्रतिरक्षा प्रणालीको सुधार गर्नाका साथै बुद्धिको विकास, स्मरण शक्ति बढाउँछ । बालबालिकाको पाचन शक्ति राम्रो गराउँछ भने बल र आयु बढाउँछ । समग्र शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनमा स्वर्णबिन्दु प्राशन महत्वपूर्ण मानिन्छ ।”

डाक्टरका अनुसार स्वर्णबिन्दु प्राशन महिनामा एक पटक खाली पेटमा दिनुपर्छ ।यो सामान्यतया एक बर्ष देखि पाँच वर्षको उमेरसम्मका बालबालिकालाई खुवाउने गरिन्छ । होमियोप्याथी, एलोप्याथी जस्ता अन्य औषधिसँगै स्वर्णबिन्दु प्राशन गराउन सकिने आयुर्वेद स्वास्थ्यकेन्द्रका प्रमुख डा. उपाध्याय बताउनुहुन्छ । “नियमित लगाउनुपर्ने अन्य खोपहरु लगाइरहे जस्तै स्वर्णबिन्दु प्राशन पनि नियमित खुवाउनुपर्दछ, एक पटक मात्रै खुवाएर हुँदैन”, । यस आर्थीक बर्षबाट सुरु भएको कार्यकक्रम नेपालभरी २४ जिल्ला र कर्णालीका सुर्खेत, दैलेख र जुम्लामा संचालनमा रहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५