भगवतीमाईमा खेलकुद महोत्सव हुने

दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडामा खेलकुद महोत्सव हुने भएको छ । शुभ दीपावलीको अवसरमा गाउँपालिकामा खेलकुद महोत्सव हुन लागेको हो ।
भगवतीमाई खेलकूद विकास समितिको आयोजना र गाउँपालिकाको समन्वयमा ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मूल नारालाई आत्म साथ गर्दै भगवतीमाई खेलकुद महोत्सव २०७८को आयोजना गरिएको भगवतीमाई गाउँपालिका खेलकूद विकास समितिका अध्यक्ष शेरबहादुर खड्काले बताए ।
अध्यक्षका अनुसार बेस्तडामा विविध कार्यक्रम सहित कर्णाली प्रदेश अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता गर्ने लागिएको छ । खेलमा कर्णाली प्रदेशका १० जिल्लाका सबै पालिका सहित छिमेकी जिल्ला अछामका खेलाडीहरूलाई सम्मत बोलाईएको भगवतीमाई खेलकूद विकास समितिले जनाएको छ ।
खेलकुदमा सहभागी हुने खेलाडीहरूले यही १३ गते सम्म टिम दर्ता गर्न पाउने छन् । टिम दर्ताको काम सकिएपछि कार्तिक १४ गते देखि १७ गते सम्म खेल सञ्चालन हुने बताइएको छ ।
करिब ४ दिन चल्ने खेलकुद महोत्सवमा भलिबल तर्फ प्रथम पुरस्कार एक लाख ११ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, द्धिृतिय पुरस्कार ६१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार ३१ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र, उत्कृष्ट खेलाडीले ५हजार रुपैयाँ सहित ट्रफी, पाउने गरी व्यवस्था गरिएको आयोजकले बताएको छ ।

  

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५