तिन दिन भित्र सडक पेटिमा राखिएका सामाग्री हटाउन अनुराेध

दैलेखः नारायण नगरपालिकाले मुख्य वजार क्षेत्रका सडक पेटिमा राखिएका सामाग्री तिन दिन भित्र हटाउन नगरवासीहरुमा अनुरोध गरेको छ ।

नारायण नगरपालिकाको मुख्य वजार क्षेत्रका सडक पेटिमा व्यापारिक परियोजनाका लागि राखिएका सामाग्री, ढुङ्गा, गिट्टि, वालुवा, सरिया लगायतका सामाग्रीहरु हटाउन नगरवासीहरुमा अनुरोध गरेको हो ।
नगरपालिकाले सवारी साधनहरु एकतर्फी संचालन गर्न लागेकाले हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सडक पेटिमा राखिएका उक्त सामाग्री हटाउन आग्रह गरेको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिए । नगरपालिकाकाे वजार क्षेत्रमा यहि असाेज २० गते शनिवारदेखी एकतर्फि सडक संचालन गर्ने तयारी गरिएकाे छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५