पवित्र संस्थामा राजनीतिक नघुसोस : हमाल

दैलेख : प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले रक्तदाता समाज जस्तो पवित्र संस्थामा राजनीतिक प्रभाव नपरोस भन्दै रक्तदाताहरुसंग आग्रह गरे नेपाल स्वयमसेवी रक्तदाता समाज दैलेख शाखाको नवगठित समितिलाई शुभकामना दिंदै उनले सो धारणा राखे ।

नेपाल रेडक्रस सोसाइटीको मानवता र स्वयमसेवी संस्थाको पहिचानसंग जोडिएको नेपाल स्वयमसेवी रक्तदाता समाजले रक्तदाताहरुको मनोबल बढाउने, रगतको अभावमा छट्पटाएकाहरुलाई सहजै रगत उपलब्ध हुनसक्ने वातावरण बनाउन सुझाव दिए ।

कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदान नगरेकाहरुको रगत खेर गइरहेको हुन्छ, रक्तदान गरे धेरैको ज्यान जोगाउन सकिन्छ भनेर सचेतना बढाउन सके डराएरहरुलाई रक्तदान गर्न प्रेरित गर्न सकिने अनुभव सुनाए ।

उनले ‘रगत दिनुपर्छ, दिन चाहन्छ’ भन्नेहरुलाई पनि हामीले प्रेरित गर्न नसकेर आवश्यकता जति रक्तदाताहरु तयार हुन नसकेका बताए। नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले अहिलेसम्म एक सय ७४ पटक रक्तदान गरेका छन्छ, उनी नेपालको सर्वाधिक रक्तदान गर्ने व्यक्ति हुन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका निवर्तमान केन्द्रीय सदस्य खेमराज केसी, नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवम् बर्दिया जिल्ला अध्यक्ष प्रेमप्रसाद लम्साल, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्री लगायतले रक्तदानको महत्व र रेडक्रसको मानवता अभियान बारे प्रकाश पारेका थिए ।

भेलाले दैलेख अस्पतालमा २०६० सालमा स्थापित रक्त सञ्चार केन्द्रका पहिलो रक्तदाता पत्रकार अमर सुनारको अध्यक्षतामा ११ सदस्यीय नेपाल स्वयमसेवी रक्तदाता समाज दैलेख शाखाको जिल्ला कार्यसमिति निर्विरोध गठन भएको छ ।

समितिको उपाध्यक्षमा रमा श्रेष्ठ, सचिव भरतराज अधिकारी र कोषाध्यक्ष बिष्णु भण्डारी रहेका छन् त्यसैगरी रक्तदाता समाजको सदस्य खमबहादुर थापा, भरतबहादुर बम, सुनिलकुमार शर्मा, नविन रिजाल, प्रभाकुमार बिक, प्रतिमा थापा र भूपेन्द्र खड्का जिल्ला कार्यसमितिको सदस्य चुनिएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५