दैलेखः दैलेखमा २ जनाले आत्महत्या गरेका छन् । जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ५ कट्टीका १७ बर्षिय कमल वि.क. र नारायण नगरपालिका वडा नं.४ की १८ बर्षिय गमला वि.क.ले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार भगवतीमाई गाउँपालिका वडा नं. ५ का वि.कले तिदुको रुखमा आफ्नो सटको पासो लगाएर आत्महत्या गरेका हुन भने नारायण नगरपालिका वडा नं.४ की गमलाले अंगारको रुखमा आफ्नो सलको पासो लगाएर आत्महत्या गरेकी छन् । आत्महत्या गर्ने २ जनाको लास जिल्ला अस्पताल दैलेखमा ल्याई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक सिंह विष्टले बताए ।




खुल्ला प्रेस । २ चैत्र २०७९, बिहीबार ०८:५३