कास्की २ : मा १७ सय मत गन्दा स्वतन्त्र पार्टीको अग्रता कायमै

कास्की- कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ।

१७०४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दयाशंकर अधिकारीले बताए।

उनलाई एमालेकी विद्या भट्टराईले ३९७ मत ल्याएर पछ्याइरहेकी छन्। यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले २९६ मत ल्याएका छन्। यसैगरी राप्रपाका सुवर्णराज पन्तले २४९ मत पाएका छन्।

यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका रविन्द्र अधिकारी निर्वाचित भएका थिए। पछि उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा उनकी श्रीमती विद्या भट्टराई निर्वाचित भएकी थिइन्। मतगणना जारी छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५