राजनीतिक घरानाका दुई चेली राजनीतिमा

दुई पूर्व प्रधानमन्त्रीका परिवारका दुई चेली एकैचोटी राजनीतिमा होमिएका छन् । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका भाइ, पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी र पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी तथा पूर्व राजदूत कमल कोइरालाकी छोरी ऋचा कोइराला एकै साथ सक्रिय राजनीतिमा आएका हुन् । पारिवारिक नाता भित्रका यी दुई चेली एकैसाथ राजनीतिमा आए पनि दुबैको पार्टी एउटै भने होइन । लिमा नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीमा सामेल भएकीछन् भने ऋचा कोइराला खानदानको बिंडो थाम्दै काग्रेस रोजेकी छन् ।

‘१८ वर्ष भयो, एमालेको सदस्य भएको । तर, बुवा हुँदा उहाँको व्यस्तता र अस्तव्यस्त हेर्दा सक्रिय राजनीति गर्ने चाहना भएन ।’ अखिल नेपाल महिला संघ (समाजवादी)की केन्द्रीय सदस्य लिमाले भनिन्, ‘पार्टीको सदस्य थिएँ, सामान्य रुपमा पार्टीलाइ सहयोग पु¥याएँ । सक्रिय नभए पनि कम्युनिस्टको बिचार सिद्धान्त के हो बुझेकी थिएँ ।’ कम्युनिष्टप्रतिको झुकाव बारे उनले भनिन् ‘एक प्रकारले भन्ने हो भने घरको वातावरणले पनि कम्युनिस्ट बनाएको थियो ।’ बिद्यार्थीमा राजनीति गरे पनि उनले भरतमोहनको छोरी भएकै कारण कुनै पद लिइनन्, त्यो उनको बुवाको चाहना पनि थिएन ।

एमालेको नौ महिने सरकारका पालामा वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउने अर्थमन्त्रीको छवि बनाएका पिताको स्मरण गर्दै उनले भनिन् ‘राजनीतीमा लाग्ने रुची सानैमा थियो । तर, बुवाको चाहना कहिल्यै पनि हामीलाई फलानो कमिटी वा कुनै स्थानमा जावस भन्ने रहेन, उहाँ आफ्नै दक्षता र योग्यताले केही गरोस भन्ने चाहनु हुन्थ्यो ।’ लिमाको परिचय व्यवसायिक महिलाको रुपमा पनि छ । उनी यति बेला नेपाल महिला चेम्बरको महासचिव छिन् । ‘म आफ्नै काम र सक्रियताले व्यवसायीक महिलाको हैसियतमा यहाँ आएकी हुँ’ उनले भनिन, उद्योेगी व्यवासायी महिलाको कसरी हितगर्ने र उनीहरुलाई कसरी माथी उठाएर आत्मनिर्भर बनाउ सकिन्छ भनेर लागेको छु ।’

उनी यति बेला नेकपा एककिृत समाजवादी पार्टी निर्माणमा सक्रिय छन् । पार्टीको प्रदेश कमिटी र अखिल नेपाल महिला संघ (समाजवदी)को उद्योग विभाग प्रमुखको जिम्मेवारी पाएकी छन् । नयाँ पार्टी निर्माणबारे उनले भनिन् ‘मेरो रहर होइन, हाम्रो सिंगो परिवारको लगानी थियो एमालेमा । तर हामी एमाले भै रहन सकेनौँ । हाम्रो परिवार मात्रै होइन, त्यस्ता धेरै व्यक्तिले बनाएको पार्टी हो एमाले जहाँ आज हामी छैनौँ ।’

लामोसमयदेखि एमालेको अनेमसंघको उद्योेग बिभाग सदस्य रहेकी उनले पद अनुसार कुनै पनि जिम्मेवारीको काम गर्न नपाएको बताइन् । पद दिने तर, काम गर्नै वातावरण एमालेमा नभएको उनको अनुभव छ । ‘बैठकमा बस्ने निर्णय र काम गर्ने अवसर कहिल्यै पाइएन,’ एमालेमा हुदाको अनुभव सुनाइन्,‘मान्छेलाई उसको योग्यता क्षमता अनुसार कामको जिम्मेवारी दिनुपर्छ तर एमालेमा रहदाँ मेरो भूमिका निमार्वचनमा खट्ने र पार्टीलाई सहयोग गर्ने बाहेक केही रहेन । म यो कमिटीमा छु भन्ने अनुभूति कहिल्यै गरिन ।’ उनले भनिन, ‘मेरो परिवारको समर्पण लगानी रहेको र आफै संगठित पार्टी भएकाले आफूले सकेको गरे । हामीले पार्टीलाई जति गर्यौं त्यो अनुसारको काम गर्ने अवसर भने पाइएन ।’

यति बेला उनी खुसी छैनन । एमालेबाट बिद्रोह गर्दा दुख लागेको उनले बताइन् । आजको एमाले बनाउन उनका बुवा र ठूलो बुवाको भूमिका कम थिएन । ‘नौ महिने सरकारको नेतृत्व गर्नु भएको ठूलो बुवा र त्यही सरकारको अर्थमन्त्री मेरो बुवाले गर्नुभएको जनप्रिय कामले आज पनि एमालेको साख बचेको छ’ आफ्ना बुवाले भनेको स्मरण गरिन्,‘बुवाले बेला बेला भन्नु हुन्थ्यो, कम्युनिस्ट पार्टी विधिले र बिधानले चल्छ तर आजको एमाले ती सबै कुरा बिर्सेर स्वेच्छाचारी ढंगले चल्यो । नेतृत्व सिमित घेरमा बसेर चलाउन खोजे ।’ एमाले अध्यक्ष केपी ओलीकै कारण आजको अवस्था आएको हो भन्ने निष्कर्ष लिमाको छ । उनले भनिन् ‘राजनीतिमा रुची थियो । अहिले म बुवा र ठूलो बुवाले यो पार्टीसँग जोडिएर जे जति गर्नु भयो त्यो आदर्श बचाउन र उहाँहरुले हिडनु भएको निष्ठाको बाटोमा लागेकी छु ।’

समृद्ध नेपाल बनाउने अभियानमा सबै क्षेत्रका मान्छे राजनीतमा आउन पर्ने उनको धारणा छ । मुलुक सबैको साझा भएकाले सबै मिलेर बनाउन पर्ने उनको बुझाइ छ । ‘अहिलेको राजनीति हिजो हाम्रा बुवा ठूला बुलाले भनेको जस्तो समर्पण र त्यागको देखिदैन । आजको राजनीति अवसर र केही पाउनका लागि हुँदै छ ।’ लिमाले दृढतापूर्वक भनिन्,‘हामी त्यसलाई चिर्न चाहन्छौं । कम्युनिस्ट पार्टी निजी स्वार्थमा लगेर कमाइ खाने भाडो बन्दै छ, यसलाई रोक्नु पर्छ ।’

अहिलेको कम्युनिस्ट पार्टीको अवस्था हेर्दा उनलाई कम्युनिस्ट हुँ भन्न पनि लाज लाग्ने बताइन् । त्यसैले पनि उनको रोजाइ समाजवादी पार्टी भएको उनले बताइन । ‘कम्युनिस्ट पार्टीमा मात्रै होइन, अहिले अन्य पार्टीमा पनि युवाहरुको आर्कषण बडेको छ । मुलुक परिवर्तन राजनीतिक पार्टी मार्फत केही गरौँ भन्ने युवाहरुको सक्रियता बडेको छ ।’

नेपाली कांग्रेसको राजनीतिमा एकाएक होमिएकी अर्की युवा हुन ऋचा कोइराला । यस अघि कुनै पनि पार्टीको सदस्यता नलिएकी उनी पूर्व प्रधानमन्त्री मातृका कोइलालाकी नातिनी हुन् । कोइराला परिवारका धेरै सदस्य कांग्रेस पार्टीको राजनीतिमा केन्द्र भागमा छन् । तर, उनका बुवा कमलप्रसाद कोइराला भने बुवा प्रधानमन्त्री हुँदा पनि विद्रोहको बाटो रोजेर कम्युनिस्ट पार्टीमा थिए ।

‘राजनीतिमा लाग वा यसो गर उसो गर, परिवारले कहिल्यै भन्नु भएन । बुवाले एमालेबाट निर्वाचन लड्दा बिराटनगर गएर चुनावी प्रचारको क्रममा लागें । अहिले पनि यहाँका सामाजिक वातावरण र सम्पर्कले मलाई राजनीतिमा लाग्ने वातावरण बनायो,’ ऋचाले भनिन । उनका ससुरा प्रेमनाथ अधिकारी पनि कांगे्रसबाट निर्वाचित वडा अध्यक्ष थिए । सिन्धुलीको साविक हतपभे गाविस–८ का वडा अध्यक्ष उनलाई ०५४ सालमा तत्कालिन माओवादीले हत्या गरेको उनले बताइन ।

केही समय कोरिया बसेर आएकी उनी कोराना संक्रमणका बेला सामाजिक काममा सक्रिय भइन । त्यस क्रममा उनको संगत कांगे्रसका मान्छेसँग बड्यो । अहिले पनि समाजिक काममा उत्तिकै सक्रिय छिन् । कांग्रेसको महाधिवेशन नजिंिकदै गर्दा वरपरकाले उनलाई पार्टीमा लाग्न दवाद दिए । आफ्नो सम्पर्क र घर भित्र सबै कांग्रेस भएकाले उनले त्यसलाई स्वीकार गरिन् र अहिले नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

‘ म कांग्रसमा सक्रिय भएपछि कोइराला परिवारमा खुसी छाएको छ ।’ ऋचाले भनिन्,‘ बुवाले यही लाग भनेर कहिल्यै भन्नु भएन । समयले मलाई यहाँ ल्याएको हो । अबका दिनमा भने पार्टीले दिएको उचित जिम्मेवारी पूरा गर्छु ।’ ‘कोइराला परिवारमा आफूले चाहेका मान्छेसँग विहे गर्ने, आफूले रोजेको पार्टीमा राजनीति गर्ने र रुचीको बिषयमा काम गर्ने स्वतन्त्रता छ । त्यसैले पनि हाम्रो परिवार विभिन्न ठाउँमा जोडिएका छौं ।’ ऋचाले भनिन्,‘मैले पनि बिहे आफैले रोजेको मान्छेसँग गरें । सबैजसोको विहे आफूले रोजेकोसँग हुने गरेको छ, त्यसमा परिवारको साथ रहन्छ ।’

‘भविष्यमा राजनीतिमा आउली भनेर मलाई कसैले हेरेको थिएन, यसरी लागौला भन्ने मलाइ पनि थिएन वरपरको वातावरणले मलाई राजनीतिमा लाग्न प्रेरित ग¥यो ।’ ऋचाले भनिन् । उनी आउने दिनमा पार्टीले दिएको जिम्मेवारी पूरा गरेर सक्रिय राजनीतिमा आउन चाहन्छिन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५