एसियन लाइफद्वारा मृत्यु दाबी भुक्तान

दैलेख: एसियन लाइफद्वारा मृत्यु दाबी भुक्तान गरेको छ ।

स्वर्गीय धिरेन्द्र बहादुर साहीको परिवारलाई मृत्यु दाबी गरेको हो  शाही परिवारलाइ मृत्युदाबि वापतको १लाख ३३ हजार ८ सय ६ रुपैयाँ  दाबी भुक्तानी गरिएको एसियन लाइफ इन्सोरेन्स शाखा दैलेखका शाखा प्रमुख डम्मर ढकालले जानकारी दिए ।

 उनले दिएको जानकारी अनुसार जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका –४ स्थित शाहीको घरमा पुगेर मृतक शाहीको श्रीमती दिल्मा कुमारी शाहीलाई दाबी बापतको १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ भुक्तानी गरिएको हो । स्वर्गीय साहीले १ लाख ५ हजारको सावधिक जीवन बिमा गर्नु भयको थियो उहाँको परिवारमा श्रीमती  र तीन छोरी र एक छोरा  छन् । चेक हस्तान्तरण कार्यक्रममा चामुन्डाविन्द्रासैनि नगरपालिका–४ का  कार्य बाहक वडा अध्यक्ष  पवित्रा शाही, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दैलेख शाखाका प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सी  मेनेजर ललिता थापा लगायतको उपस्थिति थियाे उपस्थित सबैले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा संवेदना व्यक्त गरेका थिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५