पुजा–आकाश जोडीको चर्चा

नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको केमेष्ट्री चलचित्रदेखि म्युजिक भिडियोमा सुहाएकोे छ । यसैले, पनि उनीहरुलाई चलचित्र र म्युजिक भिडियोमा मेकरले लाखौ लगानी गरिरहेका छन् । पुजा र आकाशलाई लिएर निर्देशक निकेश खड्काले पनि थुपैै भिडियो तयार पारिसकेका छन् ।

उनै, निकेशको निर्देशनमा तयार भएको ‘झुम्कावाली’ बोलको गीतको भिडियो आज सार्वजनिक भएकोे छ । भिडियोमा पुजा र आकाशको गज्जबको डान्स हेर्न सकिन्छ । मेलिना राई र मिलन अर्यालको स्वर रहेको गीतमा सुजन रेग्मीको शब्द, मिलन अर्यालको संगीत छ । मिलन र सुजन इन्जियिनर हुन् ।

निवेश अर्याल, कृष अर्याल, निकिता तिमिल्सिनाको लगानी रहेको भिडियोमा वुद्ध थापाको छायांकन, विकास धमलाकोे सम्पादन, सुबोल थापाकोे कोरियोेग्राफी छ । नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठले आफूहरुको जोडीलाई दर्शकले निक्कै रुचाएकाले पनि निरन्तर सहकार्य गरेको बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५