थप ४४० जनामा कोरोना भाइरस संक्रमण, ६ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ४४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका ६ हजार ८१४ नमूनामध्ये पीसीआर विधिबाट ३ सय ८७ र एन्टिजेन विधिबाट ५३ गरी ४४० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बुधबार थप ४७४ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९६ हजार ७८० पुगेको छ। यस्तै, कोरोनाबाट थप ६ जनाको ज्यान गएको छ। मंगलबार कोरोनाबाट १ जनाको मात्रै मृत्यु भएको थियो।

हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ। तीमध्ये १८९ जनाको आइसीयूमा र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घन्टामा १६ हजार ५२९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएपनि जोखिम भने टरिनसकेको विज्ञहरुले बताएका छन्।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५