खानेपानी योजनाकाे अवस्था निरक्षण गर्न जिपिएस टेंक अलर्ट जडान

दैलेख: खानेपानी योजना निर्माण सम्पन्न पछि दिगो रूपमा सञ्चालनका लागि उपभोक्ता समिति तथा स्थानीय तहलाई जिम्मेवार बनाउन योजना क्षेत्रका प्रत्येक खानेपानी फेरो टङ्कीमा जिपिएस जडित टेंक अलर्ट जडान गरिएको छ । कर्णाली प्रदेशमा पहिलो पटक दैलेखको नौमुले गाउँपालिकावाटसुरु गरिएको टेंक अलर्ट दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाले नेपाल सरकार फिन्ल्याण्ड सरकार र युरोपियन युनियनको आर्थिक सहयोग तथा निरस परामर्शदाता कम्पनीले प्राविधिक सहयोग गरिरहेको छ ।

नौमुले गाउँपालिकाको ७ वटा खानेपानी योजना र १ वटा विद्यालय गरी ३५ स्थानमा जडित जिपिएस टेंक अलर्ट सामाग्री हाल कर्णाली प्रदेशको सुर्खेत वाट निरीक्षण गरी अवस्थाको तथ्याङ्क लिने काम भइरहेको र केही समय पछि गाउँपालिकामै अवस्था पहिचान हेर्न सकिने वास सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कर्णाली प्रदेशमा कति खानेपानी योजना सञ्चालन छन् कति अक्षिंक विग्रेयका छन् र कति पूर्ण रूपमा क्षति भएका छन् त्यस्तो लेखाजोखा डिजिटल माध्यममा कतै छैन, कतिपय खानेपानी योजना समान्य मर्मत गरेर पुन सञ्चालन गर्न सकिने अवस्था रहेकोमा उपभोक्ता समिति र जिम्मेवार निकायको बेवास्ता कारण बर्सेनि राज्यले करोडौँ खर्च गरी खानेपानी योजना निर्माण गरेका योजनामा कुनै निकायले चासो नदिँदा भग्नावशेष का रूपमा परिणत हुँदै गएको छ यस्तो अवस्थालाई रोक्न र योजनाको अवस्था पहिचान गर्न गाउँपालिका मा निर्माण सम्पन्न भएका खानेपानी योजनामा जडित जिपिएस टेंक अलर्ट निःशुल्क रूपमा आयोजनाले जडान गरेको र यसलाई पाँच वर्ष सम्म कुनै मर्मत गर्नु नपर्ने एमआईएस सल्लाहकार छत्र चौधरीले बताए ।

दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना ले कर्णाली का २१ वटा पालिकामा निर्माण सम्पन्न भएका खानेपानी योजनामा जिपिएस जडित टेंक अलर्ट जडान गर्ने तताएको छ । आयोजनाले जडान कार्य सम्पन्न पश्चात् पुराना खानेपानी योजनाको प्राकृतिक तथा विभिन्न कारणले सामान्य मर्मत हुन नसक्दा बन्द हुन पुगेका योजनाहरूको नियमित सञ्चालनका लागी मर्मत कोष स्थापना गरी पालिकाको सहकार्यमा योजनाहरू मर्मत समेत गरिने जानकारी दिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५